नाटककार जोन फोसेलाई नोबेल साहित्य पुरस्कार दिने घोषणा

सहयात्रा टिभी

काठमाडौँ । असोज १८, यस वर्षको नोबेल साहित्यतर्फको पुरस्कार जोन फोसेलाई प्रदान गरिने घोषणा गरिएको छ ।

नाटक र गद्य लेखनका लागि नोबेल पुरस्कार समितिले लेखक फोसेलाई नोबेल साहित्यतर्फको पुरस्कार दिने घोषणा गरेको हो।

‘उनका नाटक र गद्य लेखन जसले अव्यक्तलाई आवाज दिन्छ।’ समितिले पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।

फोसे सन् १९५९ मा नर्वेमा जन्मिएका हुन् । उनको निनोर्स्कमा लेखिएको नाटक, उपन्यास, कविता संग्रह, निबन्ध, बालबालिकाका पुस्तकहरू र अनुवादहरू समावेश छन्।

उनी संसारमा सबैभन्दा धेरै नाटक प्रदर्शन गरिएका नाटककारमध्‍ये एक हुन् । उनले आफ्नो गद्यका लागि बढी चर्चित छन् । उनको पहिलो उपन्यास रौडटस्भार्ट सन् १९८३मा प्रकाशित भएको थियो ।

 

प्रकाशित : 5 October, 2023

प्रतिक्रिया दिनुहोस्