झलनाथ खनाल प्रतिष्ठानको सर्प पाल्ने कार्यक्रममा भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । असोज २१, झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानको सर्प पाल्ने कार्यक्रममा भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर भएको छ ।
सर्प पाल्ने कार्यक्रममा भ्रष्टाचार गरेको आरोपमा अख्तियारले मधेस प्रदेशका पूर्वअर्थमन्त्री विजयकुमारसहित ७ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।
झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानका अध्यक्ष, महासचिव, कोषाध्यक्ष, सदस्य, गरी ७ जनाविरुद्ध १७ करोड ९८ लाख ३३ हजार बिगो कायम हुनेगरी भ्रष्टचारको मुद्दा दर्ता गरेको छ । संगठित लुट, तर मुद्दामा झलनाथ खनालको नाम उल्लेख गरेको छैन । अन्य विवरण आउन बाकि छ ।
नेपाल सरकारबाट जुन प्रयोजनका लागि लिएको रकम त्यसमा काम नगरि अन्यत्रै लगानी गरेर हिनामिना गरेको अख्तियारको अभियोग पत्रमा उल्लेख छ ।