शेयर बजार उच्च अङ्कले घट्यो

सहयात्रा टिभी

काठमाडौं । असोज २१, हप्ताको पहिलो दिन आज आइतवार शेयर बजार उच्च अङ्कले घटेको छ ।

नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको शेयर धितोमा रहेको सीमा बढाएपछिको पहिलो कारोबार दिन आज बजार बढ्ने धेरैको अनुमानका बीच शेयर बजार परिसूचक नेप्से उच्च अङ्कले घटेको हो ।

आज नेप्से ३५ दशमलव ६७ अङ्कले घटेर एक हजार नौ सय २१ दशमलव २४ विन्दुमा झरेको छ ।

आज दुई सय ८९ वटा कम्पनीको ५८ लाख १५ हजार कित्ता शेयर एक अर्ब ८० करोड १७ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्टको छ करोड ७३ लाख रुपैयाँको शेयर किनबेच भयो ।

 

 

प्रकाशित : 8 October, 2023

प्रतिक्रिया दिनुहोस्