प्रसाद २ का निर्देशक थापा र सम्पादक श्रेष्ठविरुद्ध पक्राउ पुर्जी जारी

सहयात्रा टिभी

काठमाडौं । असोज २१, फिल्म ‘प्रसाद २’ को विवादमा निर्देशक सुदर्शन थापा र सम्पादक मिलन श्रेष्ठविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

उनीहरुको खोजी कार्य जारी रहेको प्रहरी स्रोतले जानकारी दियो ।

आफूहरुको मञ्जुरीबिना फिल्मलाई देश तथा विदेशमा प्रदर्शन गरेर एक करोड ५० रुपैयाँ ठगी गरेको भन्दै निर्माता सुदर्शन बस्नेत र ज्याक श्रेष्ठले गत साउन १० गते जिल्ला प्रहरी परिसर, काठमाडौंमा ठगी तथा आपराधिक विश्वासघातको जाहेरी दिएका थिए ।

जाहेरीमा ओएसआर डिजिटलका सञ्चाल ओमप्रकाश अग्रवाल, निर्देशक थापा र सम्पादक श्रेष्ठलाई विपक्षी बनाइएको छ । सोही जाहेरीअनुसार अग्रवाललाई प्रहरीले शुक्रबार दरबारमार्गबाट पक्राउ गरेको थियो । उनलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

 

 

प्रकाशित : 8 October, 2023

प्रतिक्रिया दिनुहोस्