नेपाली लगानीकर्तालाई बढावा दिनुपर्छ : सांसद रघुजी पन्त

सहयात्रा टिभी

काठमाडौं । असोज २१, प्रतिनिधि सभामा प्रस्तुत विद्युत विधेयक २०८० ले नेपाली लगानीकर्तालाई सय मेगावाटमा खुम्च्याउन खोजेको भनी सांसदहरुले सरकारको ध्यानाकर्षण गरेका छन् ।

 

 

 

 

नेपाली लगानीकर्ताहरुको क्षमता बढेको उल्लेख गर्दै नेकपा एमालेका सांसद रघुजी पन्तले भनेका छन्, ‘४५६ मेगावाटको तामाकोशी नेपालीले बनाए । अब एक हजार वा सो भन्दा माथि समेत बनाउन सक्छ । सय मेगावाटमा खुम्च्याउन पाइँदैन् । नेपाली लगानीकर्तालाई बढावा दिनुपर्छ ।’

प्रतिनिधि सभामा प्रस्तुत विद्युत विधेयकमा सय मेगावाट भन्दा बढी जडित क्षमताका आयोजनाहरुलाई सोझै सरकारले सम्झौताद्धारा दिन सक्ने व्यवस्था प्रस्तावित गरिएको छ । यस व्यवस्थाका सन्दर्भमा सरकारले पुर्नबिार गर्नुपर्ने बताउँछन् कांग्रेसकै सांसद रामहरित खतिवडा ।

‘नेपाला निजी क्षेत्र विस्थापित हुने गरी वैदेशिक लगानी ल्याउनु हुँदैन’ विधेयकमाथिको सैद्धान्तिक छलफ,लमा भाग लिँदै सांसद खतिवडाले भने ।

२७ भदौ २०८० मा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री शक्ति बहादुर बस्नेतले प्रतिनिधि सभमा दर्ता गरेको यो विधेयकमाथि संसदमा छलफल सुरु भएको छ ।

विधेयकमाथि बिचार गरियोस् भन्ने प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसदहरुले विधेयक बनाउँदा सैद्धान्तिक रुपमै नेपाली लगानीकर्ताका लागि सहजीकरण गर्ने गरी प्रष्ट हुन आवश्यक रहेको बताएका हुन् ।

X

प्रकाशित : 8 October, 2023

प्रतिक्रिया दिनुहोस्