धरहराको बेसमेन्टमा निःशुल्क पार्किङ सञ्चालनमा आयो

सहयात्रा टिभी

काठमाडौं । असोज २२, काठमाडौं महानगरपालिकाले सुन्धारास्थित धरहराको भूमिगत पार्किङ खुला गरेको छ ।

डेढ लाख वर्ग फिट पार्किङ क्षेत्र रहेको धरहराको बेसमेन्टमा ५० हजार वर्गफिट बराबरको क्षेत्रफलमा पार्किङ खुला भएको महानगरपालिकाले जनाएको छ ।

पार्किङ खुलाको सुरुवात भएकोले तत्कालका लागि निःशुल्क पार्किङ उपलब्ध गराइएको र पुरै सञ्चालनमा आएपछि ठेक्का मार्फत पार्किङ शुल्क उठाउने तयारी रहेको महानगरले जनाएको छ ।

 

 

प्रकाशित : 9 October, 2023

प्रतिक्रिया दिनुहोस्