एसियाडमा पदक विजेता टोली आज स्वदेश फर्किँदै, नगरपरिक्रमा गराइने
सहयात्रा टिभी
काठमाडौँ । असोज २३, १९औँ एसियाली खेलकुदमा भाग लिन चीन गएको नेपाली टोली आज स्वदेश फर्किँदैछ । टोली बिहान पौने ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ ।
राष्ट्रिय खेलकुद परिषद (राखेप)ले पदक विजेता खेलाडी, प्रशिक्षक र अफिसियलको सम्मानमा नगरपरिक्रमा र्याली गराउने भएको छ । र्याली विमानस्थल, गौशाला, चावहिल, नारायण गोपाल चोक, प्रहरी प्रशिक्षण प्रतिष्ठान, लैनचौर, केशरमहल, दरवारमार्ग, भद्रकाली, शहिदगेट हुँदै दशरथ रगंशाला पुग्ने छ ।
नेपालले यसपटक एसियाडमा १ रजत र १ कास्य पदक जितेको थियो । करातेकी एरिका गुरुङले रजत पदक र पहिलो पटक सहभागी महिला कबड्डी टोलीले कास्य पदक जितेको थियो ।