इजरायलमा नेपालीको अवस्थाबारे संवेदनशील हुन प्रकाशमान सिंहद्धारा सुझाव

काठमाडौँ । असोज २३, नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहद्धारा इजरायलमा नेपालीको अवस्थाबारे संवेदनशील हुन सरकारलाई सुझाव दिएका छन् ।
हमासले आक्रमण गरेपछिको इजरायलको अवस्थाबारे जनतालाई छिटो छिटो जानकारी दिनुपर्ने बताएका छन् ।
साथै उनले अनलाइनको पहुँचमा नभएकाहरुलाई कसरी सम्पर्क गर्ने भन्ने विषयमा पनि ध्यान दिन सरकारलाई सुझाव दिएका छन् ।
हमासले गत शनिबार इजरायलमा आक्रमण गर्दा १० जना नेपालीको मृत्यु भएको छ । केही घाइते र केही सम्पर्कविहीन छन् ।
उनीहरुको अवस्थाबारे जानकारी नपाएको गुनासो आफन्तहरुले गरेकाले सरकारले छिटो–छिटो जानकारी दिनुपर्ने नेता प्रकाशमानको भनाइ छ ।