फेरि पनि अफगानिस्तानमा ६.३ रेक्टरस्केलको भूकम्प
सहयात्रा टिभी
काठमाडौँ । असोज २३, अफगानिस्तानमा फेरि पनि भूकम्प गएको जानकारी प्राप्त भएको छ ।
स्थानीय समयअनुसार बिहान ५ बजेर १० मिनेट जाँदा ६.३ रेक्टरस्केलको भूकम्प गएको बीबीसीले जनाएको छ ।
यसअघि गएको शनिवार पनि अफगानिस्तानको हेरात सहरदेखि २८ किलोमिटर उत्तरमा केन्द्रबिन्दु भएर ६.३ रेक्टरस्केलको भूकम्प गएको थियो । त्यो भूकम्पमा परेर एक हजार जनाभन्दा धेरैको ज्यान गएको छ ।
शनिवारको भूकम्पले हेरात सहरदेखि ४० किलोमिटर परका कयौँ गाउँहरू ध्वस्त पारेको थियो ।
आजको भूकम्पले पुर्याएको क्षतिका विवरण आउन भने बाँकी छ । भूकम्पपीडितलाई खानेकुरा, कम्बललगायतका सामग्री अभाव भएको खबरमा उल्लेख छ ।