त्रिभुवन विमानस्थलको लिफ्टको क्षमता बढाएर पुनः सञ्चालनमा

सहयात्रा टिभी

काठमाडौं । असोज २४, त्रिभुवन विमानस्थलको आगगन क्षेत्रमा सञ्चालित लिफ्टको क्षमता बढाएर पुनः सञ्चालनमा ल्याइएको छ ।

यसअघि साँघुरो लिफ्टका कारण थोरै मात्र यात्रु चढ्ने समस्यामा धेरै गुनासो आएपछि लिफ्टको क्षमता बढाउन दबाब बढेको थियो ।

सोही अनुसार क्षमता बढाएर निजी क्षेत्रको आईएमएस प्रालिले लिफ्ट सञ्चालनमा ल्याएको त्रिभुवन विमानस्थल व्यवस्थापनले जानकारी दिएको छ ।

अब एक पटकमा १२ देखि १५ ट्रलीसहित यात्रुले यो लिफ्ट प्रयोग गर्न सक्ने भएका छन् ।

 

प्रकाशित : 11 October, 2023

प्रतिक्रिया दिनुहोस्