फिफा विश्वकप छनोट प्रारम्भिक चरणमा आज नेपाल र लाओसबीच प्रतिस्पर्धा

सहयात्रा टिभी

काठमाडौँ । असोज २५, फिफा विश्वकप २०२६ छनोटको प्रारम्भिक चरणअन्तर्गत आज नेपाल र लाओसबीच प्रतिस्पर्धा हुँदैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ५ बजे सुरु हुनेछ ।

डबल लिग फर्म्याटमा हुने खेलमा नेपालले दोस्रो खेल अक्टोबर १७ मा लाओसमा खेल्नेछ । यसको विजेताले छनोटको दोस्रो चरणमा स्थान बनाउने छ । दोस्रो चरणको क्वालिफायर समूह चरणको ढाँचामा हुनेछ ।

यसअघि हिजो लाओससँग खेल्ने नेपाली टोलीको घोषणा भएको थियो । मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसले हिजो २३ सदस्यीय टोली घोषणा गरेका थिए ।

उनले नेपाली डिफेन्डर अमृत श्रेष्ठ र फरवार्ड सञ्जीव विष्टलाई पहिलो पटक समेट्दै टोली घोषणा गरेका हुन् । योसँगै हिमालयन शेर्पा क्लबका डिफेन्डर अमृत श्रेष्ठ र न्यूरोड टिमका फरवार्ड सञ्जीव विष्टले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन् ।

प्रकाशित : 12 October, 2023

प्रतिक्रिया दिनुहोस्