एमाले सुदूरपश्चिम प्रदेशको अध्यक्षमा कृष्णप्रसाद जैशी निर्विरोध निर्वाचित

सहयात्रा टिभी

काठमाडौँ । असोज २५, नेकपा एमाले सुदूरपश्चिम प्रदेशको अध्यक्षमा कृष्णप्रसाद जैशी निर्विरोध निर्वाचित भएका छन् । अन्य पदाधिकारीहरु पनि सर्वसम्मत भएका छन् ।

अध्यक्ष पदमा मनोयन दर्ता गराएका निवर्तमान उपाध्यक्ष कमलप्रसाद तिमिल्सिना, वचनबहादुर सिंह र भरत साउदले उम्मेदवारी फिर्ता लिएपछि जैशी निर्विरोध निर्वाचित भएका हुन् ।

निवर्तमान प्रदेश सचिवालय सदस्य रहेका जैशी तत्कालीन अछाम जिल्ला विकास समितिका सभापति थिए ।
उपाध्यक्षमा बाजुराका कालीबहादुर शाही सर्वसम्मत भएका छन् ।

हरिसिंह साउद, बलदेव रेग्मी, रणबहादुर महरा, हजारीसिंह साउद र गजेन्द्र बहादुर शाहीले उम्मेदवारी फिर्ता लिएपछि शाही सर्वसम्मत भएका हुन् ।

सचिवमा कैलालीका रणबहादुर चन्द पनि सर्वसम्मत चयन भएका छन् । सचिवका प्रत्यासी राजेश खाती, जीवनबहादुर बम र रतनबहादुर रेग्मीले उम्मेदवारी फिर्ता लिएपछि चन्द पनि सर्वसम्मत भए ।

 

प्रकाशित : 12 October, 2023

प्रतिक्रिया दिनुहोस्