एसीसी १९ वर्षमुनिको प्रिमियर कपमा नेपालको विजयी शुरुवात

सहयात्रा टिभी

काठमाडौँ । असोज २५, एसीसी १९ वर्षमुनिको प्रिमियर कपमा इरानलाई हराउँदै नेपालले विजयी शुरुवात गरेको छ ।

नेपालले इरानलाई २ सय ७४ रनको फराकिलो अन्तरले हरायो । जितका लागि नेपालले दिएको ३ सय ५४ रनको लक्ष्य पछ्याएको इरान ३० ओभर ५ बलमा ७९ रनमा अलआउट भयो ।

इरानका लागि द्राहमन रएसी र सल्मान निएजमान्दले तीन/तीन तथा जेइद राएसी र समान शेखीले समान दुई विकेट लिएका थिए ।

उसका आमेर खोर्सन्दले सर्वाधिक ३७ रन बनाए । अरू खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् । नेपालका दिपेश कँडेल र सुवास भण्डारीले समान ३/३ विकेट लिए । यस्तै हेमन्त धामी र आकाश चन्दले समान २/२ विकेट लिए ।

त्यसअघि मलेसियाको बाङ्गीमा टस हारेर पहिला ब्याटिङ गरेको नेपाल ४० ओभर १ बलमा ३ सय ५३ रनमा अलआउट भएको थियो । नेपालका कप्तान देव खनालले शतक बनाए ।

नेपालले दोस्रो खेल आइतबार बहारइनसँग बायोमास ओभलमा खेल्नेछ ।

प्रकाशित : 12 October, 2023

प्रतिक्रिया दिनुहोस्