अनिवार्य अवकाश हुने बेलामा अर्जुनजंग थापाको सचिवमा बढुवा

सहयात्रा टिभी

काठमाडौँ । असोज २५, अर्जुनजंग थापा सचिवमा बढुवा भएका छन् । सचिव रवीन्द्रनाथ श्रेष्ठ अवकाश पाएपछि रिक्त रहेको इन्जिनियरिङ सेवातर्फको सचिवमा थापा बढुवा भएका हुन् ।

थापा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको विकास सहायता समन्वय तथा गुणस्तर महाशाखामा सहसचिवका रुपमा कार्यरत थिए । उनी सचिवका लागि दोस्रो नम्बरमा सिफरिसमा परेका थिए ।

सचिवमा बढुवा भइहाले पनि थापाले लामो समय काम गर्न पाउने छैनन् । उनी आगामी कात्तिक १२ गते उमेर हदका कारणले अनिवार्य अवकाश हुनेछन् । अवकाशमा मुखमा पुगेका सहसचिवलाई पेन्सन सुविधा बढ्ने गरी सचिव बनाउने प्रचलन नै बसेको छ ।

 

प्रकाशित : 12 October, 2023

प्रतिक्रिया दिनुहोस्