इजरायलद्धारा गाजा क्षेत्रमा बिजुली, पानी र इन्धनको सप्लाइ बन्द

सहयात्रा टिभी

काठमाडौँ । असोज २५, हमास लडाकु समूहले बन्धक बनाएका आफ्ना नागरिक रिहा नगरेसम्मका लागि इजरायलले गाजा क्षेत्रमा बिजुली, पानी र इन्धनको सप्लाइ बन्द गरिदिएको छ ।

हमास लडाकुले १५० बढी इजरायलीलाई बन्धक बनाएका छन् भने हमासको आक्रमणबाट १ हजार २०० इजरायलीको मृत्यु भएको छ ।

इजरायलका उर्जामन्त्री इजराइल काट्जले सामाजिक सञ्जालमा लेखेका छन्, ‘जबसम्म बन्धक बनाएका हाम्रा नागरिक रिहा हुँदैनन्, तबसम्म बिजुलीको स्वीच अन हुँदैन, पानीको पाइप खुल्दैन र इन्धन बोकेको ट्रक गाजामा जाँदैन ।’

गत शनिबार हमास लडाकुले हमला गरेकै दिन इजरायले बिजुलीको साथै, औषधि तथा पानीसहितका अत्यावश्यक सामग्रीको आपूर्ति बन्द गरिदिएको थियो ।

जसका कारण गाजा क्षेत्रमा अहिले बिजुली छैन । अस्पतालमा जेनेरेटर चलाउनका लागि पनि सिमित इन्धन मात्र रहेको छ ।

सहायताकर्मीहरुले गाजामा खाना तथा पानीको अभाव भएकोछ । इजिप्टले गाजामा अत्यावश्यक सामग्रीको ढुवानीका लागि ६ घन्टा युद्ध विराम गर्न आग्रह गरेको छ ।

 

प्रकाशित : 12 October, 2023

प्रतिक्रिया दिनुहोस्