आन्दोलनरत स्थानीय तहका कर्मचारीहरूसँग वार्ता सुरु

सहयात्रा टिभी

काठमाडौँ । असोज २५, आन्दोलनरत स्थानीय तहका कर्मचारीहरूसँग सरकारले वार्ता सुरु गर्ने भएको छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा बिहीबार अपराह्न वार्ता हुनेछ।

सरकारले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव कमलप्रसाद भट्टराईको संयोजकत्वमा चार सदस्यीय वार्ता समिति गठन गरेको छ।

वार्ता समितिमा आन्दोलनरत स्थानीय तहका ६ जना कर्मचारी र आधिकारिक ट्रेड युनियनका ५ जना रहनेछन्।

 

 

प्रकाशित : 12 October, 2023

प्रतिक्रिया दिनुहोस्