प्रतिनिधि सभामा मनी लाउन्डरिङ विधेयकको प्रतिवेदन पेश

काठमाडौं । असोज २५ , सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयकको प्रतिवेदन प्रतिनिधि सभामा पेश भएको छ ।
प्रतिनिधि सभाको कानून, न्याय तथा मानव अधिकार समितिकी सभापति विमला सुवेदीले विधेयकको प्रतिवेदन सभामा पेश गरेकी हुन् ।
२७ माघ २०७९ मा दर्ता भएको यो विधेयक दफावारे छलफलका लागि कानून, न्याय तथा मानव अधिकार समितिमा पुगेको थियो । समितिले दफावारे छलफल गरेर केही संशोधनसहित विधेयकको प्रतिवेदन सभामा पठाएको हो ।
समिति सभापति सुवेदीका अनुसार यो विधेयकले कानूनको रुप लिएपछि नेपालको व्यावसायिक वातावरण प्रवद्र्धन हुने विश्वास व्यक्त गरिन् ।