युद्धग्रस्त इजरायलबाट नेपाली लिएर उड्यो जहाज

सहयात्रा टिभी

काठमाडौँ । असोज २५, युद्धग्रस्त इजरायलबाट नेपालीहरू लिएर नेपाल वायु सेवा निगमको जहाज उडेको छ ।

द्वन्द्वका कारण अलपत्र नेपालीलाई लिन परराष्ट्रमन्त्री एनपी साउदसहित गएको जहाज नेपालीहरू लिएर आजै राती काठमाण्डौ आइपुग्ने छ । जहाजमा २५३ जना रहेको परराष्ट्रमन्त्रीको सचिवालयले जनाएको छ ।

इजरायलको तेलअभिभ अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको जहाज यूएईमा तेल भर्नका लागि केही समय रोकिने छ ।

हमासको आक्रमणबाट बचेका नेपाली विद्यार्थीहरूले आफूहरूको जीवन दान दिएर स्वदेश पठाएको इजरायलमा रहेका सम्पूर्ण नेपाली समुदायलाई धन्यवाद दिएका छन् ।

तर आफूहरू फर्किए पनि आक्रमणमा परी घाइते भएका केही साथीहरू अहिले उपचाररत रहेको र एक जना हराइरहेकाले घाइतेको उपचार र हराएको साथीको खोजी गरिदिन उनीहरूले अनुरोध गरेका छन् ।

इजरायलबाट घर फर्कन नाम टिपाएका मध्ये झण्डै आधा नेपाली मात्रै आज फर्किन लागेका हुन् । इजरायलस्थित नेपाली राजदूतावासले स्वदेश फर्कन चाहनेहरुको विवरण सङ्कलन गरिरहेको छ ।

 

प्रकाशित : 12 October, 2023

प्रतिक्रिया दिनुहोस्