भरतपुरको कार्यपालिका ८६ औं बैठक कांग्रेस वडाध्यक्षद्वारा बहिष्कार

सहयात्रा टिभी

काठमाडौं । असोज २६, चितवनको भरतपुर महानगरपालिकाको कार्यपालिका बैठक कांग्रेसबाट निर्वाचित वडाध्यक्षहरूले बहिष्कार गरेका छन् ।

आज शुक्रबार बस्ने भनिएको कार्यपालिकाको ८६ औं बैठक उनीहरूले बहिष्कार गरेका हुन् ।

भरतपुर महानगपालिका बडा नं. ३ मा रहेको लायन्स क्लव अफ चित्रवनले अस्पताल चलाउने प्रयोजनका लागि लिएको जग्गामा बनेको भवन बालकुमारी कलेजले भोगचलन गरेपछि महानगरले हटाएको विषयलाई लिएर उनीहरूले बैठक बहिष्कार गरेको जनाएका छन् ।

कांग्रेसबाट निर्वाचित वडा नं. १० का वडाध्यक्ष परमेश्वर खनालले महानगर बैठकले सार्वजनिक जग्गामा बनेका संरचना सबै हटाउने निर्णय गरे पनि अन्यत्र नहटाएर बालकुमारी कलेजले उपयोग गरेको भवन मात्रै खाली गरेको आरोप लगाए ।

मेयरले मनपरि ढंगले २१ जना कार्यकर्ता भर्ती गरेको, भरतपुर भ्रमण वर्ष २०२४ को प्रचारप्रसारमा आफ्नो मात्रै गुणगान गाएकोले बैठक बहिष्कार गरिएको उनले बताए । मेयरले समितिहरू बनाउँदा पनि एकलौटी गरेको कांग्रेसका वडाध्यक्षहरुको आरोप छ ।

 

प्रकाशित : 13 October, 2023

प्रतिक्रिया दिनुहोस्