कोशी कांग्रेस संसदीय दलका नेता थापाद्वारा राजीनामा

सहयात्रा टिभी

विराटनगर । असोज २७, नेपाली काङ्ग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाले राजीनामा दिएका छन् ।

काङ्ग्रेसबाट विद्रोह गरेका केदार कार्की मुख्यमन्त्री नियुक्त भएपछि पदबाट राजीनामा दिँदै थापाले आफूले नैतिकताका आधारमा पदबाट राजीनामा राजीनामा दिएकाे बताए । शनिबार पत्रकार सम्मेलन गर्दै उनले नैतिकताका आधारमा राजीनामा दिएको बताएका छन् ।

कोशी प्रदेशको विकसित राजनीतिक घटनाक्रम र नयाँ सरकार निर्माणको घटनाक्रमका कारण राजीनामा दिएको थापाले बताए। उनी पार्टीका प्रदेश सभापति समेत हुन् ।

प्रकाशित : 14 October, 2023

प्रतिक्रिया दिनुहोस्