कोशीका मुख्यमन्त्री केदार कार्कीद्धारा बालकोटमा ओलीसँग भेटवार्ता

सहयात्रा टिभी

काठमाडौं । असोज २८, कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीद्धारा बालकोट पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।

कांग्रेसबाट विद्रोह गर्दै एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका कार्की आइतबार बिहान ओली निवास बालकोट पुगेका हुन् ।

केदार कार्कीसँगै ओली निवास बालकोट पुगेका पुरञ्जन आचार्यले केपी शर्मा ओली हतारमा भएका कारण धेरै गफ हुन नपाएको बताए ।

केपी ओली अन्यत्र निस्कन लागेका बेला पुगेका कारण एकरदुई मिनेट सामान्य कुराकानी भएको उनले बताए । भेटका क्रममा मुख्यमन्त्री बनाउन सहयोग गरेको भन्दै उनले ओलीलाई धन्यवाद दिएका छन् ।

शनिबार साँझ त्रिभुवन विमानस्थलमा अवतरण भएका कार्की कांग्रेस नेता शेखर कोइरालालाई यसअघि नै भेटिसकेका थिए ।

कार्कीले आज पद तथा गोपनीयताको सपथ ग्रहण गर्दैछन् । विद्रोही समूहका ८ र नेकपा एमालेका ३९ जनाको समर्थनमा शनिबार उनी मुख्यमन्त्री नियुक्त भएका थिए ।

मुख्यमन्त्री कार्कीले आजै आफूलाई सहयोग गर्ने एमाले र कांग्रेसका विद्रोही समूहलाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् ।

 

 

प्रकाशित : 15 October, 2023

प्रतिक्रिया दिनुहोस्