कोशीमा मन्त्री छान्दै एमालेलाई पनि सहभागी गराउने तयारी

सहयात्रा टिभी

काठमाडौं । असोज २८, नेकपा एमालेले केदार कार्की नेतृत्वको कोशी प्रदेश सरकारमा सहभागी हुन मन्त्री चयन गर्दैछ ।

अहिलेसम्म राम रानाको नाम टुंगिएको र अरु नामका विषयमा छलफल भइरहेको एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए ।

एमालेका सबै ३९ जना प्रदेशसभा सदस्यको समर्थनमा कांग्रेसका केदार कार्की मुख्यमन्त्री नियुक्त भएका छन् र उनले आइतबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् ।

मन्त्रिपरिषद विस्तार गर्दा मुख्यमन्त्री कार्कीले एमालेलाई पनि सहभागी गराउने तयारी गरेकाले मन्त्रीको नामका विषयमा छलफल भइरहेको भण्डारीले बताए ।  नेपाली कांग्रेसको डा.शेखर कोइराला समूहबाट रामकुमार खत्री र समशेर राईको नाम चर्चामा छ ।

प्रकाशित : 15 October, 2023

प्रतिक्रिया दिनुहोस्