अभिनेता अनमोल केसीको फिल्म ‘फर्की फर्की’जेठ ११ मा आउने

अभिनेता अनमोल केसी काममा फर्किएका छन् । उनको आगामी फिल्म ‘फर्की फर्की’को कार्यशाला सुरु भएको जनाएको छ ।
निर्माता रोहित अधिकारीले उपलब्ध गराएका तस्वीरमा केसीलाई ताजा आभामा देख्न सकिन्छ ।
दुई साताअघिसम्म करिअरकै उतारचढावपूर्ण श्रृंखलाको साक्षी बनेका अनमोल शुक्रबारदेखि नियमित काममा फर्किएका हुन् । निर्माता अधिकारीले कलाकार र निर्देशकीय टिमको उपस्थितिमा फिल्मको वर्कसप सुरु भएको जनाए ।
अभिनेत्री जसिता गुरुङले केही दिनमा वर्कसप ज्वाइन गर्नेछिन् । यतिबेला अनमोलसहित समृद्धि अर्याल, रवि काफ्लेले फिल्मबारे बुझिरहेका छन् ।