दोहोरो अंकले घट्यो नेप्से
सहयात्रा टिभी
काठमाडौं । असोज २९, सेयर बजार परिसुचक नेप्से दोहोरो अंकले घटेको छ । सोमबार बजार परिसूचक नेप्से २३.१६ अंकले गिरावट हुँदा १८५१.४३ को विन्दुमा बन्द भएको छ ।
नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको सेयर धितो कर्जाको १२ करोडको सीमा बढाएपनि त्यसयता सेयर बजार भने लगातार घटिरहेको छ ।
सोमबार नेप्सेमा सबै उपसूचकमा गिरावट भएको छ । जीवन बीमा उपसूचक २.०९ प्रतिशतले गिरावट हुँदा होटल तथा पर्यटन उपसूचक २.०४ प्रतिशत र हाइड्रोपावर उपसूचकमा २.०२ प्रतिशतले गिरावट भएको छ ।
बैंकिङ प्रणालीमा तरलता लगातनर बढेपनि ब्याजर घट्नमा लगानीकर्ता विश्वस्त नहुँदा बजारमा लगातार गिरावट देखिएको हो । दशैं नजिकिंदै गर्दा नेप्सेसँगै कारोबारमा पनि गिरावट भएको छ ।