अहिलेको सरकार टिक्नुमा भ्रष्टाचार विरोधी अभियान नै मुख्य कारण : महासचिव गुरुङ

काठमाडौं । असोज २९, नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले माओवादी केन्द्रको नेतृत्वले सञ्चालन गरेको भ्रष्टाचार विरोधी अभियानमा जनताको समर्थन भएका कारण मात्रै सरकार टिकेको बताएका छन् ।
जनप्रगतिशील मञ्चद्वारा बेलायतको अल्डरसर्टमा आयोजित वार्षिक भेटघाट तथा विभिन्न चाँडपर्वको उपलक्ष्यमा आयोजित शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै गुरुङले अहिलेको सरकार टिक्नुमा भ्रष्टाचार विरोधी अभियान नै मुख्य कारण भएको बताएका हुन् ।
उनले जनताको साथ र समर्थनले तेस्रो दल, सानो दल भएको भएता पनि ठूला दलहरूलाई कुनै न कुनै रूपमा मिलाउँदै र राष्ट्रिय सहमति भन्दै माओवादीले अहिले मुलुकको नेतृत्व गरिरहेको बताए । भ्रष्टाचार विरोधी अभियान सरकारले सुरु गर्दा जन समर्थनले मात्रै टिकेको छ ।’
अहिले प्रचण्ड नेतृत्वको सरकारले निर्ममतापूर्वक भ्रष्टाचार विरोधी अभियान चालेको भन्दै उनले विदेशी शक्तिकेन्द्रले सरकार र यसले गरेका जनपक्षीय कामलाई पचाउन नसकेको आरोप समेत लगाए ।