मदन र जगदम्बा श्री पुरस्कार ओझा र मुखियालाई अर्पण

सहयात्रा टिभी

काठमाडौं । असोज २९, आज सोमबार २०७९ सालको मदन पुरस्कार र जगदम्बा श्री पुरस्कार अर्पण गरिएको छ ।

ललितपुरमा भएको कार्यक्रममा मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितले ऐँठनका लेखक विवेक ओझालाई मदन पुरस्कार र टेकवीर मुखियालाई पुरस्कार अर्पण गरेका हुन् ।

मदन पुरस्कार र जगदम्बा श्री दुवैको पुरस्कारको राशी चार-चार लाख रुपैयाँ छ । गुठीले यसअघि नै मदन पुरस्कार ऐँठनलाई र जगदम्बा श्री पुरस्कार मुखियालाई प्रदान गर्ने निर्णय गरेको थियो ।

ऐँठनमा माओवादी सशस्त्र आन्दोलनको बेला नेपाली समाजले भोगेको विषयवस्तु छ । ऐँठन विवेकको दोस्रो कृति हो । यसअघि उनले ऐलानी उपन्यास बजारमा ल्याएका थिए ।

२०७९ सालको जगदम्बा श्री पुरस्कार पाएका टेकवीर मुखियाले नेपाली वाङ्गमय क्षेत्रमा योगदान दिएका छन् ।

उनले थुप्रै पेन्टिङ बनाउनुका साथै पुस्तकहरुको कभर र बालपुस्तकहरुमा चित्रकथा कोरेका छन् । उनी गोरखा दक्षिणबाहु, राष्ट्रिय प्रतिभा पुरस्कार लगायतबाट सम्मानित भएका छन् ।

 

प्रकाशित : 16 October, 2023

प्रतिक्रिया दिनुहोस्