समाजवादी मोर्चा बनेपछि देशमा तरङ्गित भएको माधवकुमारद्धारा दाबी

काठमाडौं । असोज २९, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले चार दल एक भएर समाजवादी मोर्चा बनेपछि देशमा तरङ्गित भएको दाबी गरेका छन् ।
उनले वामपन्थी शक्तिलाई एक ठाउँमा ल्याउने उद्देश्यले मोर्चा बनाइएको बताउँदै त्यसले कतिपय पार्टीको सातो गएको समेत बताए ।
आफूहरुले एकअर्काको विचारको सम्मान गर्ने भएकाले कोही पनि मोर्चाबाट डराउन नपर्ने उनले बताए ।