सुन र चाँदीको मूल्य बढ्यो

सहयात्रा टिभी

काठमाडौं । कात्तिक १, बुधबार नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा १३ सय र चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेको छ ।

आज छापावाल सुनको मूल्य एक लाख १३ हजार २ सय, तेजावी सुनको मूल्य एक लाख १२ हजार ६५० र चाँदीको मूल्य १४ सय १० रुपैयाँ तोकिएको छ ।

मंगलबार एक लाख ११ हजार ९ सय रुपैयाँमा छापावाल सुन र एक लाख ११ हजार ३५० रुपैयाँमा तेजावी सुनको खरिद बिक्री भएको थियो ।

यस्तै, चाँदी १३ सय ७५ रुपैयाँ प्रतितोलामा खरिद बिक्री भएको थियो ।

प्रकाशित : 18 October, 2023

प्रतिक्रिया दिनुहोस्