कोशीका मुख्यमन्त्री केदार कार्कीले आज विश्वासको मत लिँदै

काठमाडौं । कात्तिक १, कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आज (बुधबार) प्रदेश सभामा विश्वासको मत लिँदै छन्। अहिले प्रदेश सभा बैठक जारी छ।
मुख्यमन्त्री कार्कीलाई नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)ले विश्वासको मत दिने भएका छन्।
एमालेका ३९ जना सांसदको समर्थनका कांग्रेसका कार्की मुख्यमन्त्री बनेका हुन्। उनलाई कांग्रेसका ७ जना सांसदले पनि समर्थन गरेका थिए।
कार्कीले मुख्यमन्त्रीको शपथ लिएको दिन एमालेबाट पनि एक जना मन्त्री बनेका थिए। आफ्नो समर्थनमा मुख्यमन्त्री बनेका कार्कीलाई एमालेले विश्वासको मत दिन लागेको हो।