केपी ओली प्रचण्ड माधव नेपाल एमाले


कारोबारबापत लगानीकर्ताले तिर्ने कमिसन घटाउने सेबोनको निर्णय

सहयात्रा टिभी

काठमाडौं । कात्तिक १, नेपाल धितोपत्र बोर्ड (सेबोन) ले शेयर बजारमा हुने कारोबारबापत लगानीकर्ताले तिर्ने कमिसन घटाउने निर्णय गरेको छ ।

बोर्डका अनुसार लगानीकर्ताले ब्रोकरलाई दिने कमिसन १० प्रतिशतले घटाउने र ब्रोकरले धितोपत्र बोर्ड सेबोनलाई दिने शुल्क १० प्रतिशतले घटाउने निर्णय गरेर स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पेस गरिएको छ ।

बोर्डले यसअघि २०७७ सालको पुस १० गते सङ्गठित संस्थाको शेयरको प्रत्येक खरिद तथा बिक्रीमा लिने ब्रोकर कमिसन घटाएर माथिल्लो सीमा शून्य दशमलव ४० प्रतिशत र तल्लो सीमा शून्य दशमलव २७ प्रतिशत कायम गरेको थियो ।

अब माथिल्लो सीमालाई शून्य दशमलव ३० प्रतिशत कायम गर्ने र न्यूनतम सीमालाई घटाएर शून्य दशमलव २५ प्रतिशत कायम गर्ने तयारी रहेको बोर्डले जनाएको छ ।

लगानीकर्ताले तिरेको कमिसनबाट ब्रोकरलाई २० प्रतिशत र त्यसैबाट सीडीएससीलाई २५ प्रतिशत कमिसन जाने गरेको छ । यस्तै अहिले शेयर लगानीकर्ताले धितोपत्र बोर्डलाई छुट्टै शून्य दशमलव शून्य १५ प्रतिशत कमिसन तिर्ने गरेका छन् ।

 

प्रकाशित : 18 October, 2023

प्रतिक्रिया दिनुहोस्