केन्द्रीय अनुगमन टोलीद्धारा काठमाडौंका थप २ वटा पट्रोल पम्प सिल

सहयात्रा टिभी

काठमाडौं । कात्तिक १, केन्द्रीय अनुगमन टोलीद्धारा काठमाडौंका थप २ वटा पट्रोल पम्प सिल गरेको छ ।

मंगलबार मात्रै अनुगमन क्रममा उपभाक्तालाई कम मात्रामा पेट्रोल बिक्री गरेको भन्दै गैरी गाउँको भ्याली बाबा सप्लायर्समा सिल गरिएको थियो ।

बुधबार गरिएको अनुगमन क्रममा सोही प्रकृतिको ठगी गरेर उपभोक्तालाई कम परिमाणमा तेल दिएको भन्दै सशस्त्र प्रहरीले सञ्चालन गरेको स्वम्भूस्थित हलचोक फ्युल सेन्टर पम्प र कलंकीको श्यामा पेट्रोल पम्पमा सिल गरिएको प्रधानमन्त्री कार्यालयको हेल्लो सरकारबाट अनुगमनमा खटिएका प्रधुम्न उपाध्ययले बताए ।

दुवै पेट्रोल पम्पले बिक्री गरेको मूल्य भन्दा कम परिमाणमा उपभोक्तलाई पेट्रोद बिक्री गरेको अनुगमन टोलीको प्रारम्भिक निश्कर्ष छ ।

 

 

प्रकाशित : 18 October, 2023

प्रतिक्रिया दिनुहोस्