फिल्म ‘मायावी’को पहिलो चरणको छायांकन सकियो

सहयात्रा टिभी

काठमाडौं । कात्तिक १, अभिनेता पल शाहले कमब्याक फिल्म ‘मायावी’को पहिलो चरणको छायांकन सकेका छन् ।

मुस्ताङ र पोखरापछि अब यो रोमान्टिक-कमेडी फिल्मको बाँकी छायांकन पोखरा र भारतका बैंग्लोर, मुम्बईमा गर्ने तयारी छ । निर्देशक दिवाकर भट्टराईले ३० दिनमा पहिलो चरण टुंगिएको बताए ।

बालयौन दुरुपयोग मुद्दाका कारण एक वर्ष प्रहरी हिरासतमा बसेका पल रिहा भएपछि यो फिल्ममार्फत कमब्याक गर्न लागेका हुन् ।

पल स्वयंले सामाजिक सञ्जालमार्फत को–एक्टरसँगका तस्वीर सेयर गरेका छन् । दीपिका प्रसाईं, करिश्मा श्रेष्ठ र सुशील सिटौलासँगका तस्वीर उनको टाइमलाइनमा देख्न सकिन्छ ।

एक किसिमले यी तस्वीर फिल्मको क्यारेक्टर लुक्स समेत हो । फिल्ममा पलले जोय, दीपिकाले आर्या र करिश्माले दिव्याको भूमिका निर्वाह गरेका छन् । फिल्ममा यी दुई अभिनेत्रीलाई पलकी प्रेमिकाको चरित्रमा देख्न सकिन्छ ।

 

प्रकाशित : 18 October, 2023

प्रतिक्रिया दिनुहोस्