‘द भ्वाइस अफ नेपाल’को चारैजना कोचको ‘ड्रीम टिम’ तयार
सहयात्रा टिभी
काठमाडौं । कात्तिक १२, टिभी रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को ब्लाइण्ड अडिसन सकिएर चारैजना कोचको ‘ड्रिम टिम’ तयार भएको छ ।
शनिबार ब्लाइण्ड अडिसनको अन्तिम एपिसोड प्रसारण भयो, जहाँबाट ६४ प्रतिस्पर्धी ब्याटल राउण्डमा प्रवेश गरेका छन् । योसँगै ब्याटल राउन्डको समीकरण पूरा भएको छ ।
चारैजना कोचको ‘ड्रिम टिम’ तयार भएसँगै भ्वाइसका आगामी चरण अझ रोचक हुने अनुमान छ । एक कोचको ‘ड्रीम टिम’मा १६ जना समावेश छन् । ब्याटल राउण्डमा प्रत्येक टिमबाट दुई/दुई जनाले प्रतिस्पर्धा गर्नेछन् ।
ब्याटलमा एक टिममा आठ जना गरी ३६ जना छनोट हुनेछन् । चारै कोचले एक–एक ट्यालेन्ट स्टिलबाट प्राप्त गर्नेछन् । आगामी शुक्रबारदेखि ब्याटल राउण्ड सुरु हुनेछ ।