सरकारद्धारा संसद अधिवेशन अन्त्य गर्न सभामुख घिमिरेसँग अनौपचारिक संवाद

काठमाडौं । कात्तिक १२, संसदमा विचाराधीन विधेयक र संसदको चालु अधिवेशन अन्त्यको विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सभामुख देवराज घिमिरेसँग अनौपचारिक संवाद गरेका छन् ।
प्रधानमन्त्री प्रचण्डसँगको संवादपछि सभामुख घिमिरेले आइतबार बिहान सबै दलका प्रमुख सचेतक र सचेतकहरुसँग छलफल गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सचेतक निशा डाँगीका अनुसार आइतबार बिहानको भेटमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले संघीय संसदमा गर्ने सम्बोधनको विषयमा पनि छलफल भएको छ ।
चारदिने औपचारिक भ्रमणका लागि नेपाल आएका गुटरेसले मंगलबार दिउँसो ४ बजे संघीय संसदलाई सम्बोधन गर्ने कार्यक्रम छ ।