भारतको विजयनगरमा दुई वटा रेल ठोक्किँदा १३ जनाको मृत्यु

सहयात्रा टिभी

काठमाडौं । कात्तिक १३, भारत आन्ध्र प्रदेशको विजयनगरमा दुई वटा रेल ठोक्किँदा १३ जनाको मृत्यु भएको छ । ५० जना घाइते भएका छन् ।

आइतबार राति विशाखापट्टनम-पलासा र विशाखापट्टनम-रायगढा यात्रामा रहेका दुईवटा रेल ठोक्किएका र १३ जनाको मृत्यु भएको समाचार एजेन्सी पीटीआईले जनाएको छ । गत जुन महिनामा ओडिसामा भएको रेल दुर्घटनामा झण्डै ३०० जनाको मृत्यु भएको थियो ।

 

प्रकाशित : 30 October, 2023

प्रतिक्रिया दिनुहोस्