अब ट्राफिक चेकिङमा नागरिक एपबाटै लाइसेन्स देखाउँदा मान्यता दिने
सहयात्रा टिभी
काठमाडौं । कात्तिक १३, अब ट्राफिक नियम उल्लंघन नगरी सवारी चलाउँदा चेकजाँचमा नागरिक एपबाटै सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स) देखाउन मिल्ने भएको छ ।
राष्ट्रिय सूचना प्रविधि केन्द्रका अनुसार मन्त्रिपरिषदको निर्णयअनुसार नागरिक एपमा चालकले अन्तरआवद्ध गरेको सवारी चालक अनुमति पत्रलाई चेकजाँचका क्रममा मान्यता दिन थालिएको हो ।
यसका लागि प्रहरी प्रधान कार्यलयले मातहतका ट्राफिक कार्यालयहरुलाई परिपत्र गरिसकेको केन्द्रका एक अधिकारीले बताए ।
सरकारले नागरिक एपमै दर्ता भएका सवारी साधनको विवरणसहित ट्राफिक नियम उल्लंघनमा कारवाहीमा परेको विवरण समेत राख्ने तयारी हुँदैछ । यसले ट्राफिक प्रहरीलाई सवारी चेकजाँचमा थप सहज हुनेछ ।
सूचना प्रविधि केन्द्रले आफ्नो यदि नागरिक एपमा सवारी चालक अनुमति पत्र लिंक गर्न चालकहरुलाई अनुरोध गरेको छ ।