केपी ओली प्रचण्ड माधव नेपाल एमाले


राष्ट्रिय मर्यादामा शिक्षकलाई समेटेर मर्यादा सम्बन्धी कानुन बनाइने

सहयात्रा टिभी

काठमाडौं । कात्तिक १३, राष्ट्रिय मर्यादामा शिक्षकलाई समेटेर मर्यादा सम्बन्धी कानुन बनाइने भएको छ ।

सोमबार राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिबाट पारित ‘राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९’ मा शिक्षकको मर्यादा सम्बन्धी व्यवस्था प्रस्तावित छ ।

विश्वविद्यालयका प्राध्यापकको मर्यादा क्रम १७ औं स्थानमा राखिएको छ । विश्वविद्यालयका सहप्राध्यापक र माध्यमिक तहको प्रथम श्रेणीका शिक्षकको मर्यादा १९ औं स्थानमा छ ।

माध्यमिक तह द्धितीय श्रेणीका शिक्षकलाई २० औं स्थानमा र माध्यमिक तह तृतीय श्रेणीका शिक्षकलाई २१ औं स्थानमा राखिएको छ ।

विश्वविद्यालयका उपप्राध्यापकको मर्यादाक्रम पनि २० औं स्थान रहने र विश्वविद्यालयका सहायक प्राध्यापकको मर्यादा क्रम २१ औं स्थानमा राख्ने गरी विधेयक अघि बढेको छ ।

प्रस्तावित विधेयकको प्रतिवेदन मंगलबार बस्ने राष्ट्रिय सभाको बैठकमा पेश गर्ने विधायन व्यवस्थापन समितिको तयारी छ ।

प्रकाशित : 30 October, 2023

प्रतिक्रिया दिनुहोस्