केपी ओली प्रचण्ड माधव नेपाल एमाले


अनलक्की वर्षालाई ‘परदेशी २’ बाट राहत

सहयात्रा टिभी

काठमाडौँ । कात्तिक १४, अभिनेत्री वर्षा सिवाकोटी अभिनित फिल्म ‘परदेशी २’ अहिले हलमा चलिरहेको छ । थुप्रै फिल्ममा अभिनय गरे पनि खासै लोकप्रियता कमाउन असफल वर्षालाई परदेशी २ ले भने राहत दिएको छ ।

उनले हरेक वर्ष १–२ वटा फिल्म गरिरहेकी छिन् । कतिपय फिल्ममा त उनको अभिनयको तारिफसमेत भएको छ । जसले गर्दा उनको हातमा काम परिरहेको छ ।

वर्षा अभिनित पछिल्लो फिल्म ‘परदेशी २’ राम्रो भएको छ । नारायण रायमाझी निर्देशित गत २६ असोजबाट प्रदर्शनमा आएका फिल्म अहिले तेस्रो सातामा छ । जसले राम्रो दर्शक पाइरहेको छ । पारिवारिक तथा सामाजिक फिल्ममा वर्षाको कामको पनि तारिफ भइरहेको छ । उनले फिल्ममा निर्वाह गरेको लुजाको भूमिका दर्शकले निकै रुचाएका छन् ।

‘परदेशी २’ बक्स अफिसमा सफल हुँदा वर्षालाई ठूलो राहत मिलेको हो । अबका दिनमा टिम र ब्यानर हेरेर राम्रो फिल्म मात्र अभिनय गर्ने उनले योजना बनाएकी छन् ।

आउँदो वर्ष वर्षाको फिल्म काजी रिलिज हुनेछ । जसमा उनी विपिनको जोडी बाँधिएकी छन् । फिल्मले राम्रो गर्ने उनको अपेक्षा छ ।

लामो समयपछि वर्षालाई ‘परदेशी २’ले खुसी दिएको छ । यसअघि उनले फिल्म ‘नाइँ नभन्नु ल २’ र ‘पशुपति प्रसाद’ लगायतमा काम गरिसकेकी छन् ।

प्रकाशित : 31 October, 2023

प्रतिक्रिया दिनुहोस्