राष्ट्रिय मर्यादासम्बन्धी विधेयक २०७९ राष्ट्रिय सभाद्धारा पास

काठमाडौं । कात्तिक १४, राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले सोमबार राष्ट्रिय मर्यादासम्बन्धी विधेयक २०७९ पास गर्यो ।
राष्ट्रिय सभामा रहेका सबै दलका प्रतिनिधिहरुले गैरसरकारी विधेयकका रुपमा राष्ट्रिय मर्यादासम्बन्धी विधेयक गत चैतमा दर्ता गराएका थिए ।
गणतन्त्रपछि नेपालमा मर्यादासम्बन्धी छुट्टै व्यवस्था नभएको भन्दै यो विधेयक ल्याउनुपरेको दलिल उनीहरुको थियो ।
यो विधेयक उत्पत्तिको पृष्ठभूमि पनि रोचक नै छ । चल्तीको भाषामा राष्ट्रिय सभा सांसदहरुलाई माननीय भन्ने गरिए पनि वैधानिक व्यवस्थाभित्र नसमेटिएकाले आफूलाई मयार्दाक्रमको सोपानमा पार्न कांग्रेस, एमाले, माओवादी केन्द्रलगायत दलहरुमा रहेका सांसदहरुले अग्रसरता लिएका थिए । सोमबार त्यसै प्रयासले मूर्तता पाएको हो ।