केपी ओली प्रचण्ड माधव नेपाल एमाले


महिलाहरुलाई दुर्व्यवहार गरेको आरोपमा डीएसपी भट्टराईमाथि छानबिन सुरु

सहयात्रा टिभी

काठमाडौं । कात्तिक १४, मादक पदार्थ सेवन गरेर महिलाहरुलाई दुर्व्यवहार गरेको आरोपमा डीएसपी भीमलाल भट्टराईमाथि प्रहरीद्धारा छानबिन सुरु गरेको छ ।

केन्द्रीय प्रहरी प्रवक्ता कुवेर कडायतका अनुसार, जिल्ला प्रहरी कार्यालय हुम्लाको प्रमुख रहेका गरेका बेला मादक पदार्थ सेवन गरेर दुर्व्यवहार गरेको उजुरी परेपछि छानबिन थालिएको छ ।

प्रहरी अधिकृतहरुका अनुसार, उनले मादक पदार्थ सेवन गरेर महिला प्रहरीसहित बाहिरका महिलालाई समेत दुर्व्यवहार गरेको उजुरी परेको छ ।

उजुरी परेपछि उनलाई निलम्बन गरेर जिल्ला प्रहरी कार्यालय, हुम्लाका प्रमुखको जिम्मेवारी रवीन्द्र खनाललाई दिइएको छ ।

 

 

प्रकाशित : 31 October, 2023

प्रतिक्रिया दिनुहोस्