स्थानीय तहका वेबसाइटहरुमा तीन दिनदेखि समस्या देखियो

काठमाडौं । कात्तिक १५, तीन दिनदेखि देशभरको विभिन्न स्थानीय तहको वेबसाइटहरुमा समस्या देखिएको छ ।
सोमबारदेखि स्थानीय तहका वेबसाइटहरुमा समस्या देखा परेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार वेबसाइटहरु नखुल्ने, सर्भर नै डाउन हुने लगायतका समस्या देखिएको हो ।
पहिलो दिन वेबसाइट डिस्प्ले भएपनि एडमिनमा अपलोड गर्न नमिल्ने समस्या देखा परेको मन्त्रालयको भनाइ छ । मंगलबार भने देशभरका अधिकांश स्थानीय तहका वेबसाइट पूर्ण रुपमा समस्या देखा परेको छ ।
बुधबार केही स्थानीय तहको वेबसाइट खुलेपनि धेरैजसो वेबसाइट बन्द कै अवस्थामा रहेका छन् ।‘वेबसाइट नचल्दा जनतालाई जानुपर्ने सूचनाहरु ठप्प भएका छन् ।