आजदेखि सरकारी कार्यालय अपराह्न ४ बजेसम्म मात्रै खुल्ने

काठमाडौं । कात्तिक १६, सरकारी कार्यालयहरू आजदेखि अपरान्ह ४ बजेसम्म मात्रै खुल्ने भएका छन् ।
सरकारले कात्तिक १६ देखि माघ १५ गतेसम्म सरकारी कार्यालयहरू बिहान १० देखि अपरान्ह ४ बजेसम्म मात्रै सञ्चालनको समय तय गरेको हो ।
चिसो र दिन छोटो हुने भएकाले हरेक वर्ष यी ३ महिना सरकारी कार्यालय समय ६ घण्टा मात्रै तय हुने गरेको छ ।