अन्तिम खेलमा ओमानविरुद्ध नेपालको राम्रो सुरुवात
सहयात्रा टिभी
काठमाडौं । कात्तिक १६, टी२० विश्वकप छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा ओमानविरुद्ध नेपालको राम्रो सुरुवात भएको छ ।
पावर प्ले सकिंदा नेपालले चार विकेट लिएको छ । सोमपाल कामीले दुई, करण केसी र गुल्शन झाले एकरएक विकेट लिएका छन् ।
ओमानविरुद्ध टस जितेर फिल्डिङ रोजेको नेपालका लागि करण केसीले पहिलो ओभरको पाँचौं बलमै विकेट लिएका छन् । ओमानका कश्यप प्रजापतिलाई करणले आउट गराए ।