नवलपरासी बर्दघाट सुस्तापूर्वका किसान धान काट्न र थन्क्याउन व्यस्त

काठमाडौं । कात्तिक १६, नवलपरासी (बर्दघाट सुस्तापूर्व) का किसान धान काट्न र थन्क्याउन व्यस्त हुन थालेका छन् ।
धान झाँट्ने थ्रेसरको प्रयोगले एकैदिनमा धेरैको धान झाँट्न सकिने भएकाले काम गर्न छिटो र सहज भएको किसानले बताउ छन् ।
जिल्लामा यस वर्ष करिब १९ हजार हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख कुलप्रसाद तिवारीले जानकारी दिनुभयो । यस वर्ष विगतका वर्षको तुलनामा धान उत्पादन बढ्ने अनुमान गरिएको उहाँले बताउनुभयो ।
जिल्लामा अहिलेसम्म ४५ प्रतिशत किसानले धान थन्काइसकेका जनाउँदै तिवारीले अबको १५ दिनभित्र सबै धान थन्क्याइसक्ने बताउनुभयो ।