संघीयता खारेज हुने हो कि भन्ने उपेन्द्र यादवद्धारा आशंका

सहयात्रा टिभी

काठमाडौं । कात्तिक १६, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राजनीतिक दलहरु र संघीय सरकारको व्यवहारले संघीयता खारेज हुने हो कि भन्ने आशंका बढेको बताएका छन् ।

बिहीबार प्रतिनिधि सभाको बैठकमा उनले हालसम्म संघीय निजामती ऐन र प्रहरी समायोजन ऐन नल्याएको भन्दैसंघीयता खारेज गर्छन् कि जस्तो देखिएको टिप्पणी गरेका हुन् ।

प्रदेशलाई अधिकार, कानुन र काम गर्ने जनशक्ति नदिएपछि संघीय लोकतान्त्रिक गणतन्त्र कसरी टिक्छ भनेर उनले प्रश्न गरे ।

‘अहिलेसम्म संघीय निजामती ऐन निर्माण गरिएन । उहाँ माननीयजीले भन्दै हुनुहुन्थ्यो संघीयता खारेज गरौँ । भन्नै पर्दैन यतैबाट खारेज गर्दिन्छन् कि जस्तो पो देखियो त ।

किनभने आठरआठ वर्षसम्म संघीय ऐन नबनाउनु, प्रहरी ऐन बनेको धेरै वर्ष भइसक्यो, बनेको पनि कार्यान्वयन नहुनु र प्रदेशहरुलाई अधिकार, कानुन र कार्य गर्ने आवश्यक जनशक्ति समेत नदिने अवस्थाले कसरी संघीय गणतन्त्र टिक्छ ? कसरी संघीय गणतन्त्र संस्थागत हुन्छ ?’, अध्यक्ष यादवले भने ।

उनले चुरे क्षेत्रमा उख्खनन कार्यलाई प्रतिबन्ध लगाउनुपर्ने पनि बताए । अध्यक्ष यादवले अगामी दिनमा लामो समयसम्म संसद अवरुद्ध हुने र संसदमा विधेयक नल्याउने प्रवृत्तिको अन्त्य हुनुपर्ने पनि बताए ।

 

प्रकाशित : 2 November, 2023

प्रतिक्रिया दिनुहोस्