शनिबार सिंहदरबार क्षेत्रमा चार घण्टा विद्युत आपूर्ति बन्द हुने

काठमाडौं । कात्तिक १७,सिंहदरबार परिसरभित्र र त्यस वरपरका क्षेत्रमा शनिबार बिहान चार घण्टा विद्युत आपूर्ति बन्द हुने भएको छ ।

प्राधिकरणले आज जारी गरेको सूचनामा लेखिएअनुसार सिंहदरबार परिसरभित्रका सबै कार्यालयहरु, जिल्ला प्रशासन कार्यालय बबरमहल, पुतलीसडक, बागबजार, कमलादी, हात्तीसार, डिल्लीबजार, असन, महाबौद्ध, जमल, घट्टेकुलो, अनामनगर, ज्ञानेश्वर, नक्शाल, सेतोपुल, रातोपुल क्षेत्रमा विद्युत आपूर्ति बन्द हुने छ ।