बेलायतमा तुफान सियारनका कारण हजारौँ विद्यालयहरु बन्द

सहयात्रा टिभी

काठमाडौं । कात्तिक १७, युनाइटेड किंगडम (बेलायत) को दक्षिणी भागहरूमा बिहीवार हजारौं घरहरू बिजुलीविहीन भएका छन् ।

तुफान सियारनका कारण हजारौँ विद्यालयहरु बन्द भएका छन् । डेभन र कर्नवाल, ससेक्स, सरे र च्यानल टापुहरूमा, तीब्र हावा र भारी वर्षाले बिजुली आपूर्ति प्रभावित भएको बताइएको छ ।

आँधीले ज्यान गुमाउन सक्ने चेतावनी दिएपछि दक्षिणी इङ्गल्याण्डका ३ सय भन्दा बढी विद्यालयहरू बन्द गरिएका छन् ।

आज पनि केही विद्यालयहरु बन्द रहने बताइएको छ । जर्सीका करिव ४० जनालाई उनीहरूको घरहरू क्षतिग्रस्त भएपछि बिस्थापित गरिएको थियो । हावाको गति टापुमा १०४ माइल प्रतिघण्टा (लगभग १६७ किलोमिटर प्रति घण्टा) मा पुगेको थियो ।

सरकारले स्थानीहरुलाई आँधी नरोकिएसम्म घरभित्रै रहन आग्रह गरेको छ । आँधी सियारानले नोभेम्बरमा इङ्गल्याण्ड र वेल्समा रेकर्ड गरिएको सबैभन्दा कम समुन्द्री सतहको चापको लागि नयाँ रेकर्ड बनाएको छ ।

 

प्रकाशित : 3 November, 2023

प्रतिक्रिया दिनुहोस्