युएईविरुद्ध नेपालका लागि सन्दीपले लिए तेस्रो विकेट

सहयात्रा टिभी

काठमाडौं । कात्तिक १७, टी–२० विश्वकप छनोट खेलमा युएईविरुद्ध नेपालका लागि सन्दीप लामिछानेले तेस्रो विकेट लिएका छन् ।

लामिछानेले दशौं ओभरको अन्तिम बलमा आसिफ खानलाई एलबीडल्बु आउट गरेका हुन् । यो सँगै युएईले तेस्रो विकेट गुमाएको छ ।

टस जितेर ब्याटिङ गरिरहेको युएईले दश ओभरमा ६२ रन जोडेको छ ।

यसअघि सोमपाल कामीले एकै ओभरमा दुई विकेट लिएका थिए । उनले कप्तान मोहमद वासिम र अर्का ओपनर खालिद साहलाई आउट गरेका थिए ।

 

 

 

प्रकाशित : 3 November, 2023

प्रतिक्रिया दिनुहोस्