केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सामूहिक बलात्कार आरोपमा कराँतेका दुई प्रशिक्षकलाई अदालतले दोषी ठहर

सहयात्रा टिभी

काठमाडौं । कात्तिक १७, किशोरीमाथि सामूहिक बलात्कार आरोपमा पुर्पक्षका लागि थुनामा रहेका कराँतेका दुई जना प्रशिक्षकलाई जिल्ला अदालत मोरङले दोषी ठहर गरेको छ ।

सामूहिक बलात्कार आरोपमा पक्राउ परेका कराँतेका प्रशिक्षकहरु विराटनगर महानगरपालिका–४ का सुरज भनिने अमर सुवेदी र विराटनगर–३ का विनोद राउतलाई न्यायाधीश अम्बिकाप्रसाद दाहालको इजलासले दोषी ठहर गरेको हो । दुवै जना ६ भदौ २०७९ देखि पूर्पक्षका लागि थुनामा थिए ।

करणी मुद्दामा सुवेदी र राउत दोषी ठहर भएपनि कैद सजाय निर्धारण भने कात्तिक २२ गतेको इजलासले गर्ने अदालतका सूचना अधिकारी ओम सुवेदीले बताए ।

 

प्रकाशित : 3 November, 2023

प्रतिक्रिया दिनुहोस्