प्रधानमन्त्री सवार हेलिकप्टरबाटै घाइतेको उद्धार

सहयात्रा टिभी

काठमाडौं । कात्तिक १८, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चढेर भूकम्प प्रभावित क्षेत्र पुगेको हेलिकप्टरबाट नै घाइतेहरुको उद्धार गरिएको छ ।

प्रधानमन्त्री प्रचण्ड सवार हेलिकप्टरले जाजरकोटको नलगाडबाट ७ जना घाइतेहरु र ७ जना कुरुवालाई लिएर सुर्खेत उडेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड रुकुम (पश्चिम) र जाजरकोटमा पुगेर भूकम्प प्रभावित क्षेत्रको निरीक्षणपछि सुर्खेत फर्किएका हुन् ।

प्रधानमन्त्री सवार सेनाको हेलिकोप्टर घाइतेहरुलाई समेत राखेर सर्खेतका लागि उडेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

प्रकाशित : 4 November, 2023

प्रतिक्रिया दिनुहोस्